काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा रहेका चौथो र पाचौं दलले लामो समयदेखि प्रतिनिधि सभाको कामकारबाहीमा भाग नलिएकोप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सुरुमै सभामुख घिमिरेले यस्तो बताएका हुन् । भिजिट भिसा प्रकरणको छानबिनको माग राखेर लामो समयदेखि प्रतिपक्षी बेन्चमा रहेका सांसदहरू नियमित बैठकमा सहभागी नभएको उल्लेख गर्दै उनले भने, ‘यस सम्बन्धमा म आफैले सहमतिका लागि सम्भाव्य सबै पहल र संवादको मार्ग अपनाएको बारे सबै माननीय सदस्यहरू जानकार नै हुनुहुन्छ ।’
सहमतिका लागि आफू अझै पनि सक्रिय रहेको उनले बताए । यहीँनेर उनले संसदको कामकारबाहीमा भाग नलिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सरकारले संवाद नगरेको बताएका हुन् ।
‘तर, सदन सुचारु बनाउन सरकार र राजनीतिक दलहरूबीच हुनुपर्नेमा नभएकोमा मलाई चिन्ता लागेको छ,’ सभामुख घिमिरेले भने । बैठक सुरु हुनासाथ असहमति प्रकट गर्ने र बाहिरिने प्रवृत्ति दीर्घकालीन रूपमा हानिकारक हुन सक्ने उनले बताए । संसद असहमति प्रकट गर्ने थलो मात्रै नभएर सहमति गर्ने थलो समेत रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ भदौ २०८२, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘देशको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ’ : सभामुख घिमिरे
‘नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो’: सभामुख घिमिरे
सभामुख घिमिरेले दलका नेतापछि संविधानविद्हरूसँग थाले कानुनी परामर्श
संसद् विघटनबारे सभामुख घिमिरेद्वारा दलहरूको राय माग
‘दसैँ नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्व हो’ : सभामुख घिमिरे
संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे