काठमाडौं । शुक्रबार बिहान मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार बिहान १० बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्री ओलीको चीन भ्रमण अगाडि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री ओली यही भदौ १४ देखि १८ गतेसम्म चीनको तियानमिन सहरमा हुने एससिओको शिखर सम्मेलनमा सहभागी हुन शनिबार बिहान तियानमिन प्रस्थान गर्नेछन् । उनले सोही दिन साँझ चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रिपरिषद् बैठक लगत्तै दिउँसो १ बजे प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।
यसैगरी, प्रधानमन्त्री ओली दिउँसो सवा ३ बजे राष्ट्रिय खेलकुद परिषद्को ३२औँ वार्षिकोत्सवमा सहभागी हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ भदौ २०८२, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
बजेटअघि मन्त्रालय पुनर्संरचना : आज मन्त्रिपरिषद् बैठकमा मर्ज र खारेजको खाकामा छलफल
मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे बस्दै