धरान । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)लेबोलाएको कार्यपालिका बैठक बुधबार बस्दैछ । दिउँसो २ बजे बस्ने उक्त बैठकमा २७ वटा एजेन्डामाथि छलफल हुने भएको छ ।
मंगलबार राईले जारी गरेको एक सूचनाअनुसार बैठकमा नगरपालिका आफैले खोला च्यानेलिङ गर्दा व्यहोरेको ढुवानी भाडा भुक्तानी गर्ने विषयदेखि नीति तथा कार्यक्रम, बजेट सिलिङ, पालिका गान अनुमोदन, बसपार्क व्यवस्थापन र कर्मचारी तहबृद्धि लगायतका एजेण्डा तय गरिएको छ ।
यस्तै नगरसभाको १७औँ अधिवेशन आह्वान, योजना अनुमोदन, बालमैत्री वडा घोषणा, धरान स्वास्थ्य चौकीलाई नगर अस्पतालको रूपमा सञ्चालन गर्ने निर्णय, धरान संगीत प्रतिष्ठानमार्फत सांस्कृतिक कार्यक्रम, बाटो दर्ता तथा नामाकरण, दररेट अनुमोदन र कक्षा ११ र १२ मा विषय थप्ने प्रस्ताव पनि छलफल हुने एजेन्डामा परेका छन् ।
नगरपालिकाको प्रशासनिक खर्च, मेयर–उपमेयर भिजन तथा कोष, वडा र विषयगत समितिबाट आएको बजेट पास गर्ने, प्रोत्साहन रकम, कानुन व्यवसायीलाई अनुमति, कर्मचारी संगठन संरचना, ठेक्का व्यवस्थापन, खानेपानी मुहान थप उपयोगजस्ता विषय पनि बैठकको कार्यसूचीमा छन् । उपमहानगरमा रहेको विवादका कारण हालसम्म बजेट समेत आउन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ भदौ २०८२, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङले बोलाए पदाधिकारी बैठक
‘सुकुमवासीप्रति सरकारले निरंकुश चरित्र देखायो, पहिले पुनर्वासको व्यवस्था होस्’ : हर्क साम्पाङ
उचित विकल्प विना सुकुमबासीलाई हटाउनु राज्य आतंक : हर्क साम्पाङ
सुदन किरातीलाई पद दिनेबारे आधिकारिक निर्णय भएको छैन: हर्क साम्पाङ
पद छाडेर मार्ग प्रशस्त गर्न गृहमन्त्री गुरुङलाई हर्क साम्पाङको सुझाव
हर्क साम्पाङले लेखे सरकारलाई पत्र