धरान । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)लेबोलाएको कार्यपालिका बैठक बुधबार बस्दैछ । दिउँसो २ बजे बस्ने उक्त बैठकमा २७ वटा एजेन्डामाथि छलफल हुने भएको छ ।
मंगलबार राईले जारी गरेको एक सूचनाअनुसार बैठकमा नगरपालिका आफैले खोला च्यानेलिङ गर्दा व्यहोरेको ढुवानी भाडा भुक्तानी गर्ने विषयदेखि नीति तथा कार्यक्रम, बजेट सिलिङ, पालिका गान अनुमोदन, बसपार्क व्यवस्थापन र कर्मचारी तहबृद्धि लगायतका एजेण्डा तय गरिएको छ ।
यस्तै नगरसभाको १७औँ अधिवेशन आह्वान, योजना अनुमोदन, बालमैत्री वडा घोषणा, धरान स्वास्थ्य चौकीलाई नगर अस्पतालको रूपमा सञ्चालन गर्ने निर्णय, धरान संगीत प्रतिष्ठानमार्फत सांस्कृतिक कार्यक्रम, बाटो दर्ता तथा नामाकरण, दररेट अनुमोदन र कक्षा ११ र १२ मा विषय थप्ने प्रस्ताव पनि छलफल हुने एजेन्डामा परेका छन् ।
नगरपालिकाको प्रशासनिक खर्च, मेयर–उपमेयर भिजन तथा कोष, वडा र विषयगत समितिबाट आएको बजेट पास गर्ने, प्रोत्साहन रकम, कानुन व्यवसायीलाई अनुमति, कर्मचारी संगठन संरचना, ठेक्का व्यवस्थापन, खानेपानी मुहान थप उपयोगजस्ता विषय पनि बैठकको कार्यसूचीमा छन् । उपमहानगरमा रहेको विवादका कारण हालसम्म बजेट समेत आउन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ भदौ २०८२, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको पार्टीले पायो आधिकारिकता
हर्क साम्पाङले दल दर्ताका लागि गरे सनाखत
हर्क साम्पाङले मागे सुशीला कार्कीको राजीनामा
धरान पुगेर रोए हर्क साम्पाङ
धराने जनतालाई बीमाबाट वञ्चित नगर्न आग्रह गर्दै बीमा बोर्डलाई हर्क साम्पाङको पत्र
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि