काठमाडौँ । हिन्दु महिलाको पर्व तिजको दिन सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको हो । तिजको बेलामा सुनको कारोबार बढी हुने व्यवसायीहरू बताउँछन् ।
मंगलबार सुनको मूल्य बढ्दा सोमबार भने छापावाल सुन तोलामा १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको थियो । यस आधारमा तिजको दिन आज सुनको मूल्य १ हजार ५०० रुपैयाँ बढेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार ५ रुपैयाँ बढेर २ हजार ३६० रुपैयाँ कायम भएको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० भदौ २०८२, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्यमा अर्को कीर्तिमान, एकैदिन ५ हजार २ सयले बढ्यो
आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य हालसम्मकै उच्च, आज तोलाको कति ?
सुनचाँदीको मूल्यमा आजपनि नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?
सुनको भाउ आज पनि घटयो, कतिमा हुदैछ कारोबार ?