काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले २० जना प्रहरी कर्मचारीहरू सम्पर्कविहीन रहेको भन्दै सूचना जारी गरेको छ।
प्रधान कार्यालयले प्रकाशित गरेको सूचनामा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) अनुसार खोजतलास गर्दा पनि सम्पर्कमा नआएको र गैरहाजिर रहेकाले सामूहिक रूपमा सूचना जारी गरिएको उल्लेख छ।
सूचना अनुसार गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्र हाजिर भई गैरहाजिर रहनुको कारणसहित सन्तोषजनक स्पष्टीकरण पेस गर्न भनिएको छ।
त्यस्तो नगरे कारबाहीका लागि नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) बमोजिम कसुर ठहर भई नियम १०९ को देहाय (ख) (१) अनुसार सेवाबाट हटाउने कार्यवाही हुने चेतावनी दिइएको छ।
गैरहाजिर कर्मचारीलाई प्रहरी नियमावली, २०७१ को अनुसूची १४ को भाग ४ बमोजिम सफाइको अवसर दिन सामूहिक सूचना जारी गरिएको प्रधान कार्यालयले स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० भदौ २०८२, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द