कुवेतमा १३ नेपालीसहित २३ जनाको मृत्युपछि मदिरा उद्योगलाई कारवाही

सफल खबर संवाददाता

सोमबार, ०९ भदौ २०८२, १९ : ३२
कुवेतमा १३ नेपालीसहित २३ जनाको मृत्युपछि मदिरा उद्योगलाई कारवाही

काठमाडौँ । कुवेतमा विषाक्त मदिराका कारण २३ जना आप्रवासी कामदारको मृत्यु भएपछि सुरक्षा निकायले अवैध मदिरा उत्पादन र वितरणमा संलग्न सञ्जालमाथिको कारवाही व्यापक बनाएको छ ।

दुई साताअघि विषाक्त मदिरा सेवन गर्दा कुवेतमा १३ जना नेपालीसहित २३ जना आप्रवासी कामदारको मृत्यु भएको थियो । यस घटनामा १६० जनाभन्दा बढी बिरामी परेर उपचाररत छन् ।

कुवेती अधिकारीहरूले अवैध मदिरा कारखानाहरूलाई विषाक्त रसायन आपूर्ति गर्ने प्रमुख गोदाम जफत गरेका छन् । हावाली अनुसन्धान विभागको प्रतिनिधित्वमा रहेको सामान्य आपराधिक अनुसन्धान विभागले अल(राई क्षेत्रको यो मुख्य गोदाम कब्जा गरेको कुवेती सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस