काठमाडौँ । तिजको अघिल्लो दिन नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर कारोबार भएको हो ।
महासंघका अनुसार सोमबार छपावाल सुन तोलामा १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सोही सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आइतबार तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार रु ५ बढेर तोलामा २ हजार ३५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । नेपाली हिन्दु महिलाले मंगलबार तिज मनाउँदै छन् । तिजको अवसरमा सुनचाँदीको व्यापार राम्राे हुने व्यवसायीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ भदौ २०८२, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
१२ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?