काठमाडौँ । नेपाली बजारमा यो साता सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । साताको सुरुवात र अन्त्यको मूल्य तुलना गर्दा सुन र चाँदी दुवैको भाउमा सामान्य गिरावट आएको छ । अघिल्लो शुक्रबारको तुलनामा यो शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको छ ।
अघिल्लो शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँ र चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो । साताको पहिलो दिन आइतबार बजारमा सामान्य गिरावट देखियो । सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ९५ हजार ५ सय रुपैयाँमा झर्यो भने चाँदी पनि ५ रुपैयाँले घटेर २ हजार ३१० रुपैयाँमा कारोबार भयो ।
आइतबार घटेको बजार सोमबार पुनः उकालो लाग्यो । सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ३ सय रुपैयाँ पुग्यो, जुन यो साताको सबैभन्दा उच्च मूल्य हो । चाँदी पनि ५ रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँमा पुग्यो।
मंगलबारः बजारमा फेरि गिरावट आयो। सुनको मूल्य एकैदिन १ हजार २ सय रुपैयाँले घटेर १ लाख ९५ हजार १ सय रुपैयाँमा झर्यो। चाँदी पनि १५ रुपैयाँले सस्तिएर २ हजार ३ सय रुपैयाँमा कारोबार भयो।
बुधबार यो साताकै सबैभन्दा ठूलो गिरावट देखियो। सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ५ सय रुपैयाँमा आइपुग्यो, जुन यो साताको सबैभन्दा कम मूल्य हो । चाँदीको मूल्यमा पनि ४५ रुपैयाँको भारी गिरावट आएर २ हजार २५५ रुपैयाँमा झर्यो ।
बिहीबार सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर १ लाख ९४ हजार ८ सय रुपैयाँ पुग्यो । चाँदी पनि ३५ रुपैयाँले बढेर २ हजार २९० रुपैयाँमा कारोबार भयो । साताको अन्तिम दिन शुक्रबार पनि मूल्य बढ्ने क्रम जारी रह्यो । सुनमा ४ सय रुपैयाँले बढेर १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भयो । यस्तै, चाँदी पनि २० रुपैयाँले बढेर २ हजार ३१० रुपैयाँ पुगेको छ । तर एक साताको अवधिमा भने मूल्य घटेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ भदौ २०८२, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीकै मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?