सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

शुक्रबार, ०६ भदौ २०८२, ११ : ०६
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँले बढेर एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन तोलामा एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलामा दुई हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला दुई हजार २९० रुपैयाँमा कायम भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस