काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई अरू पार्टीमाथि प्रहार गर्नुभन्दा आफ्नो पार्टी सम्हाल्न उचित हुने बताएकी छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै न्यौपानेले भनिन्, ‘सांसदको हस्ताक्षरको विषय हिजो निकै चर्चामा रह्यो । यही विषयमा सदनमा बोल्दा केहि सांसदले संसदीय भाषा र पदीय मर्यादा समेत बिर्सनु भयो ।मेरो सुझाव छ अरू पार्टी प्रति प्रहार गर्नुभन्दा आफ्नै पार्टीको भाँडभैलो सम्हाल्दा बढी उचित होला ।’
सदनमा अल्पमत र बहुमत कै खेल हुने र त्यसको लागि गर्ने हस्ताक्षर नै भएको न्यौपानेले बताइन् । ‘बहुमत पुग्ने बित्तिकै के अहिलेका प्रतिपक्ष नेता नाई म प्रधानमन्त्री बन्दैन भन्नुहुन्छ तर बोक्नेले काँध छोडेपछि स्वतः झर्नु पर्छ यो नियम हो यहाँको,’ न्यौपानेले भनिन् ।
उनले उपसभामुख हुन भन्दैमा इन्दिरा नारा मगरलाई ठगी गर्न छुट दिन नसक्ने बताइन् । ‘त्यो पार्टी र माननीय ज्युहरूलाई, विभिन्न देशमा सम्मानित व्यक्तित्व भनेर हिजो संसद्मा वकालत गर्नुभयो । संसद्कै पनि त सम्मानित बनाएका छौ तर सम्मानित भन्दैमा ठगी गर्ने छुट छ ? या त्यो पार्टीको भएपछि सबै कुरा माफ हुन्छ ? मानव तस्करलाई कारबाही गर भनेर कुर्लनु हुन्छ के यो प्रस्ट देखिने मानव तस्करी होइन ?’
उनले नेपालको जानकारी विना नेपालको भूमि प्रयोग गर्दै चिन र भारतले व्यापार गर्ने कुरा नेपालकै राष्ट्रियतामाथि प्रहार भएको भन्दै यो स्वीकार्य नभएको बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ भदौ २०८२, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस संसदीय दलको बैठक बस्दै
संसदमा छिर्यो कांग्रेसको विवाद, आज को बोल्ने भन्नेमै अन्यौल
अनुशासन उल्लंघनको आरोप लागेकालाई कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण
कांग्रेस विवादमा शेखर कोइराला पक्षले राखे यस्तो मध्यमार्गी प्रस्ताव
काँग्रेसभित्र देखिएको मतभेद संवादमार्फत समाधान गर्न प्रवक्ता चालिसेको सुझाव
समानान्तर गतिविधिले कांग्रेस संकटमा : गगन पक्ष कारवाही मोडमा