विद्या भण्डारीको सम्पर्क कार्यालय उद्घाटन आज

सफल खबर संवाददाता

विहीबार, ०५ भदौ २०८२, १० : ०५
विद्या भण्डारीको सम्पर्क कार्यालय उद्घाटन आज

काठमाडौँ । एमालेको विरोधका बिच सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने भएकी छन् । 

भण्डारीले बिहीबार काठमाडौँको थापागाउँस्थित लाखेचौर मार्गमा रहेको एक घरबाट सम्पर्क कार्यालय सञ्चालनमा ल्याउन लागेकी हुन् । उक्त सम्पर्क कार्यालयको भण्डारी आफैले उद्घाटन गर्दैछिन् । 

कार्यालयको उद्घाटनका लागि एमालेका केन्द्रीय नेताहरूले समेत निमन्त्रणा गरिएको बताइएको छ । ‘मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिए पनि उक्त कार्यालयमार्फत भण्डारीले आफ्ना गतिविधि सञ्चालन गर्ने भण्डारी निकटस्थहरूले बताएका छन् । 

मदन भण्डारी ७५ औँ जन्मजयन्ती मुल व्यवस्थापन समितिको संयोजक एमाले नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् भने विद्या संरक्षक छन् । यसअघि भण्डारीको ७५औँ जन्मजयन्ती मनाउन पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस