आज र भोलि सामाजिक सुरक्षा कोषको अनलाइन सेवा अवरुद्ध

सफल खबर संवाददाता

विहीबार, ०५ भदौ २०८२, ०९ : २३
आज र भोलि सामाजिक सुरक्षा कोषको अनलाइन सेवा अवरुद्ध

काठमाडौ । सामाजिक सुरक्षा कोषले आफ्नो अनलाइन सेवा आज र भोलि दुई दिन बन्द रहने जनाएको छ। 

कोषले सूचना जारी गर्दै बिहीबार र शुक्रबार अनलाइन प्रणालीबाट प्रदान हुने सेवा अवरुद्ध हुने जानकारी दिएको हो। 

प्रणालीको परीक्षणका लागि दुई दिन सेवा बन्द गर्न लागिएको सूचनामा उल्लेख छ। बिहीबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र शुक्रबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म अनलाइन सेवा बन्द रहने कोषले जनाएको छ।

सूचना प्रणालीलाई आपतकालीन अवस्थामा पनि सुरक्षित र सहज बनाउन प्राविधिक परीक्षणका कारण सेवा प्रभावित भएको कोषले जनाएको छ।

प्रतिक्रिया दिनुहोस