काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म कूल ९४ अर्ब नौ करोड एक लाख ७९ हजार रुपैयाँ जम्मा भएको छ । कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजार रुपैयाँ योगदानकर्तालाई भुक्तानी समेत गरेको छ ।
कोषमा कूल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन् । कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन् । रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ ।
कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रहेको छ । यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दावी रकम २८ करोड ३५ लाख ९७ हजार र अवकाश दावी रकम १४ अर्ब ३६ करोड १२ लाख आठ हजार रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज र भोलि सामाजिक सुरक्षा कोषको अनलाइन सेवा अवरुद्ध
सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज
ईसेवा मनि ट्रान्सफर र सामाजिक सुरक्षा कोषबीच सम्झौता
हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता
ओमानमा पहिलो पटक सामाजिक सुरक्षासम्बन्धी विशेष कार्यक्रम