काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताएका छन् । कलंकी होटेल एण्ड गेष्ट हाउस एशोसिएशनको १३औँ वार्षिक साधारण सभामा उनले सरकारले होटेल आदि चलाएर साध्य हुँदैन त्यसैले निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्न सरकार तयार छ”, उनले भने ।
उनले सरकारको नियमन गर्ने काममा सहयोगी हुन, श्रम शोषण नगर्न र उपभोक्ताबाट अत्यधिक नाफा अशुल नगर्न मन्त्री पाण्डेले आग्रह गरे। “एक पटक आएको मान्छे पटक पटक आउने गरी राम्रो व्यवहार गर्ने र भौतिक व्यवस्थापनतर्फ सँगसँगै लैजान मन्त्री पाण्डेले व्यवसायीलाई आग्रह गर्नुभयो ।”, थकाली खाना लोकप्रिय हुनुको कारण त्यहाँ गरिने राम्रो व्यवहार हो”, उनले भने ।
मन्त्री पाण्डेले कलंकी- कोटेश्वर–स्वयम्भू आसपासका होटेल र गेष्ट हाउसका पेसागत हितका लागि २०६६ सालमा स्थापित एशोसिएशनमा हाल एक सय पाँच होटेल तथा गेष्ट हाउस सदस्य रहेका छन् । संस्थाले आगामी दिनमा होटेल व्यवसायीका लागि आचारसंहिता जारी गर्न, कलंकी क्षेत्रमा सरसफाइ गर्ने र अन्य सामाजिक कार्य गर्ने योजना रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ भदौ २०८२, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको मौलिक पहिचान नयाँ पुस्ताले पनि ग्रहण गर्दै जानुपर्छ : मन्त्री पाण्डे
संस्कृतिका क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहकार्य बढाउनुपर्छ: मन्त्री पाण्डे
पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे
मन्त्री हेरफेरको कुरा हल्ला हो, सत्ता साझेदार दलहरूमा यस विषयमा कुरा भएको छैन: मन्त्री पाण्डे
देशभरका विद्यालयमा योग शिक्षा पुर्याउनुपर्छ : मन्त्री पाण्डे
हिमाल जोगाउन नसके नेपालको अस्तित्वमै प्रश्न उठ्न सक्छ : मन्त्री पाण्डे