नेपालको मौलिक पहिचान नयाँ पुस्ताले पनि ग्रहण गर्दै जानुपर्छ : मन्त्री पाण्डे

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०८२, १२ : ०६
नेपालको मौलिक पहिचान नयाँ पुस्ताले पनि ग्रहण गर्दै जानुपर्छ :  मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल विविधतापूर्ण संस्कृतिको धनी देश भएको बताएका छन् । आज काठमाडौँमा सातौँ राष्ट्रिय खिर खाने दिवसको (साउन १५) को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले नेपालमा विभिन्न चाडपर्व, संस्कृति, रितिरिवाज, भाषा, भेसभुसा रहेको र नेपाल सांस्कृतिक रूपले पनि धनी रहेको बताए । नेपाल बहुसांस्कृतिक देश भएको बताउँदै नेपालीहरूले खाने खानपान र लगाउने भेसभुसाहरू संस्कृतिसँग मात्रै नभई विज्ञान, जीवनदर्शनसँग सम्बन्धित रहेको बताए ।

असार १५ मा बलियो बन्नका लागि दही चिउरा खाइने र ऊर्जाशील भएर काम गर्ने र साउन १५ मा खेतीपाती सकिसकेपछि स्वस्थ रहन र चिसोमा भिजेको शरीरलाई न्यानो बनाउन खिर खाने परम्परा रहेको बताए। 

मन्त्री पाण्डेले यस्ता पर्वहरूले नेपालको मौलिक पहिचान, संस्कृतिलाई प्रवर्द्धन गर्ने र नयाँ पुस्ताले पनि ग्रहण गर्दै जानुपर्ने बताए ।  

 

प्रतिक्रिया दिनुहोस