संस्कृतिका क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहकार्य बढाउनुपर्छ: मन्त्री पाण्डे

सफल खबर संवाददाता

शुक्रबार, ०९ साउन २०८२, २० : ००
संस्कृतिका क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहकार्य बढाउनुपर्छ: मन्त्री पाण्डे

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको क्षेत्रसँग सम्बन्धित रहेर कार्य गर्ने निकायबीच समन्वय र सहकार्य बढाउनुपर्ने बताएका छन्। 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आज भएको एक छलफलमा मन्त्री पाण्डेले समन्वय, साझेदारी र सहकार्यमार्फत काम गर्दा धेरै प्रगति गर्न सकिने बताए ।

मन्त्री पाण्डेसँग आज प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य सचिव तथा प्राज्ञ परिषद् सदस्यहरूले नेपाली ललितकलाका विविध विषय तथा क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गरेका थिए । हालको कार्यसमितिको दुईवर्षे कार्य विवरणमा उत्साहजनक दृष्टिकोण देखिएको बताउँदै उहाँले मन्त्रालयसँग सम्बन्धित सबै कुरामा सक्दो सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस