काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि ताकेता गरेका छन् । प्रतिनिधिसभा बैठक बस्नुअघि संसद् भवन परिसरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले राज्य व्यवस्था समितिको सभापति चयनबारे चासो राखेका हुन् ।
कुनै पनि संसदीय दलको सभापति पद रिक्त भएको १५ दिनभित्र पदपूर्ति गर्नुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ । सोही अनुसार, १५ दिनभित्र सभापति चयन गर्ने गरी वातावरण मिलाउन सभामुख घिमिरेले दलहरूलाई आग्रह गरेका हुन् ।
बैठक स्रोतका अनुसार, दल प्रमुख सचेत, सचेतकहरूले भने कुनै जवाफ दिएका छैनन् । दलमा छलफल गरेर सभापति नियुक्ति प्रक्रिया अघि बढाउने तयारीमा सत्तारुढ दलहरू छन् ।
संघीय निजामती विधेयकको कुलिङ अफ पिरियडमा देखिएको गडबडीमाथि प्रश्न उठेपछि समिति सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए । काँग्रेसको भागमा रहेको यो समितिको सभापतिमा नेकपा एमालेले पनि पछिल्लो समय चाहना राखेको नेताहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ भदौ २०८२, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख घिमिरेले दलका नेतापछि संविधानविद्हरूसँग थाले कानुनी परामर्श
संसद् विघटनबारे सभामुख घिमिरेद्वारा दलहरूको राय माग
‘दसैँ नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्व हो’ : सभामुख घिमिरे
संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे
संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो: सभामुख घिमिरे
संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौँ : सभामुख घिमिरे