सर्लाही । सर्लाहीमा अपरिचित व्यक्तिले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ।
शुक्रबार राति आठ बजेर २० मिनेट जाँदा हरिपूर्वा नगरपालिका- ६ घर भएका ४० वर्षीय रामपुकार यादवलाई दुई जनाको संख्यामा आएका अपरिचित व्यक्तिले गोली हानेर हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईकाअनुसार आफ्नै घरमा छरछिमेकीसँग गफ गरेर बसिरहेका बेला अपरिचित व्यक्ति आएर यादवमाथि गोली प्रहार गरेका थिए।
मोटरसाइकल चढेर आएका दुई जनाले पेस्तोलबाट यादवको टाउकोमा गोली हानेका प्रत्यक्षदर्शीले बताएका छन्।
गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्कालै आफन्तले नजिकै रहेको महोत्तरीको सोनामा गाउँपालिकाको पर्सास्थित जानकी हेल्थ केयर पुर्याएका थिए। त्यहाँ पुर्याउनासाथ स्वास्थ्यकर्मीले यादवको मृत्यु भइसकेको पुष्टि गरेका हुन्।
घटनाको जानकारी पाउँनासाथ प्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षक शेख हफजुल्लाहाको कमाण्डमा चारजना, इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा १९ जना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काको कमाण्डमा २१ जनाको संख्यामा प्रहरी टोली घटनास्थलमा पुगेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ साउन २०८२, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तरीमा प्रहरीले गोली चलायो, एक जनाको मृत्यु
न्युयोर्कमा अन्धाधुन्द गोली प्रहार, १ जनाको मृत्यु
पाकिस्तानमा बसबाट ओरालेर ९ जना पन्जाबका यात्रुलाई गोली हानियो
टोखामा गोली चल्यो, दुई लागु औषध कारोबारी घाइते
अमेरिकामा गोली लागेको अवस्थामा मृत भेटिए एकै परिवारका ४ नेपाली
बुटवलमा युवतीमाथि गोली प्रहार