काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सधैँ नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरणको पौषमा उभिँदै आएको बताएका छन् ।काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले थप अघि भने, ‘अब हामी सबै मिलेर-प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ ।’ उनले अहिले डिजिटल प्लेटफर्मले कामलाई सहजता र तीव्रता दिएको बताउँदै समयको बचत गरेको बताए ।
उनले सूचना-प्रविधिको विकास हुन धेरै सकारात्मक भए पनि कतिपय कुराहरूमा यसले नकारात्मक असर पुर्याएको बताउँदै नागरिकलाई सचेत बनाउनेतर्फ ध्यान दिनु पर्ने बताएका छन् ।
डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक रहेको उनले बताए ।
नेपाली काँग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चार सम्बन्धी नीति, ऐन र नियमहरूले आज नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० साउन २०८२, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
पार्टी विभाजन नहोस् भन्ने चाहेको छु: देउवा
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा