काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सधैँ नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरणको पौषमा उभिँदै आएको बताएका छन् ।काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले थप अघि भने, ‘अब हामी सबै मिलेर-प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ ।’ उनले अहिले डिजिटल प्लेटफर्मले कामलाई सहजता र तीव्रता दिएको बताउँदै समयको बचत गरेको बताए ।
उनले सूचना-प्रविधिको विकास हुन धेरै सकारात्मक भए पनि कतिपय कुराहरूमा यसले नकारात्मक असर पुर्याएको बताउँदै नागरिकलाई सचेत बनाउनेतर्फ ध्यान दिनु पर्ने बताएका छन् ।
डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक रहेको उनले बताए ।
नेपाली काँग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चार सम्बन्धी नीति, ऐन र नियमहरूले आज नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० साउन २०८२, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार