काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सूचना प्रविधिले जनतालाई छिटो छरितो र पारदर्शी सेवा दिन मद्दत पुर्याइरहेको बताएका छन् । पार्टीको सूचना सञ्चार तथा प्रचार विभागले बिहीबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव दिवसीय अन्तर्क्रिया’ कार्यक्रममा सभापति देउवाले सूचना प्रविधिले जनताको जीवन शैलीलाई बदल्न मद्दत पुर्याइरहेको बताए ।
देउवाले कांग्रेस नेतृत्वको सरकारले ल्याएको दूरसञ्चारसम्बन्धी नीतिले दूरदराजमा सूचना र प्रविधि पुग्न सफल भएको बताए । उनले नवपर्वतन र विभिन्न प्रविधिमार्फत सामाजिक रूपान्तरणको वकालत गर्दै आएको बताए । ‘कांग्रेस नेतृत्वको सरकारले ल्याएको दूरसञ्चारसम्बन्धी नीतिले दूरदराजमा सूचना र प्रविधि पुग्न सफल भएको छ,’ देउवाले भने, ‘ नवपर्वतन र विभिन्न प्रविधिमार्फत सामाजिक रूपान्तरणको वकालत गर्दै आएको छ ।’
देउवाले कांग्रेस पनि सहभागी वर्तमान सरकार डिजिट नेपाल बनाउन लागिरहेकोसमेत बताए । अहिलेको युग विज्ञान, प्रविधिको युग भएको बताउँदै देउवाले यसका सकारात्मक पक्ष धेरै भएको बताए । डिजिटल प्रविधिका सकारात्मक पक्ष धेरै हुँदाहुँदै पनि पछिल्लो समय नकारात्मक पक्ष पनि देखिएको बताए । त्यसका लागि सचेत भएर बढ्नु पर्ने र नकारात्मक पक्ष रोक्न सरोकारवाला पक्षले ध्यान दिन आवश्यक रहेको बताए । ‘डिजिटल प्रविधिका धेरै सकारात्मक पक्ष छन् तर पछिल्लो समय यसका नकारात्मक पक्ष पनि बाहिर आइरहेका छन्,’ देउवाले भने, ‘यसलाई रोक्न आम नागरिक सचेत हुनुपर्छ । सरोकारवाला पक्षले ध्यान दिनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० साउन २०८२, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार