काठमाडौँ । आज विभिन्न पाँच संसदीय समितिको बैठक बस्दै छ । आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने तय भएको छ ।
अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ । अर्थ समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिमा कैलाली कारागारको घटनाबारे गृहमन्त्रीसँग छलफल गर्ने कार्यसूची छ । कानुन समितिको बैठक बिहान १० बजेका लागि तय गरिएको छ ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल गर्ने तय भएको छ । यस समितिको बैठक बिहान १० बजेका लागि तय गरिएको छ ।
त्यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा महालेखापरीक्षको ६२औँ प्रतिवेदनमा समेटिएका विषयबारे छलफल गर्ने कार्यक्रम छ । यस समितिको बैठक बिहान १० बजेका लागि तय गरिएको छ ।
बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमितिले गरेका निर्णयहरू सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ साउन २०८२, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलाली कारागार घटनाबारे छलफल गर्न गृहमन्त्रीलाई संसदीय समितिले बोलायो
चारवटा संसदीय समितिको बैठक बस्दै
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
यी दुई संसदीय समितिको बैठक बस्दै
कृषिसहित दुईवटा संसदीय समितिको बैठक बस्दै