‘भ्वाइस अफ नेपाल’ सातौँ सिजनको कोचमा फर्किए प्रमोद खरेल

सफल खबर संवाददाता

आइतबार, २५ साउन २०८२, १४ : ३५
‘भ्वाइस अफ नेपाल’ सातौँ सिजनको कोचमा फर्किए प्रमोद खरेल

काठमाडौँ। ‘भ्वाइस अफ नेपाल’ सातौँ सिजनको औपचारिक घोषणा भएको छ । शनिबार प्रसारित ‘भ्वाइस किड्स’ चौथो सिजनको फिनालेमा यसको औपचारिक जानकारी दिइयो ।

समारोहमा सातौँ सिजनका ३ जना कोचको पनि घोषणा गरियो । जसअनुसार, ‘भ्वाइस’मा प्रमोद खरेलको पुनरागमन भएको छ । खरेलसहित मेलिना राई र खेम सेन्चुरीले कोचको रूपमा निरन्तरता पाएका छन् ।

अर्का एक जना कोचको घोषणा हुन बाँकी छ । आफू भ्वाइसमा फर्किएको जानकारी दिन प्रमोद स्टेजमा उक्लिएका थिए । उनलाई होस्ट सुशील नेपालले भ्वाइसको सातौँ सिजनमा फर्किएको भन्दै दर्शकलाई जानकारी गराए ।

‘म यहाँ नहुँदा भ्वाइसलाई निकै मिस गरेको थिएँ । तनाव बेगर सो हेर्दा अर्कै आनन्द आउने । यहाँ नहुँदा प्रेसर नहुने’ प्रमोदले भने । प्रमोद भ्वाइसको छैटौँ र किड्सको चौथो सिजनमा छुटेका थिए । ‘भ्वाइस’को सातौँ सिजनको डिजिटल अडिसन सकिएको छ भने ब्लाइन्ड अडिसन सुरु हुने तयारीमा छ ।

सातौँ सिजनको प्रसारण दशैंअघि हिमालय टिभीमा हुने तयारीमा छ ।

 

प्रतिक्रिया दिनुहोस