काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धनले पर्वले पारिवारिक आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी छन् ।
उनले आज सामाजिक सञ्जालमार्फत जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने दिनको सम्पूर्णमा शुभकामना व्यक्त गर्दै रक्षाबन्धनले पारिवारिक स्नेह, प्रेम र आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी हुन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने पर्व हाम्रो सभ्यता, संस्कृति र आस्थाको प्रतीकका रूपमा मनाइने गरेको उल्लेख गरिन् । “आत्मिक शुद्धी, संयम, दान र आत्मबलको प्रतीक जनैपूर्णिमा पर्वले सबैमा धर्म, संस्कार र कर्तव्यबोधको भावना जागृत गराउनुका साथै रक्षाबन्धनले पारिवारिक स्नेह, प्रेम र आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउँछ”, उनले शुभकामनामा भनेकी छन्, “यसै दिन नौ प्रकारका अन्नबाट तयार गरिने परम्परागत परिकार क्वाँटी खाने चलनले हाम्रो मौलिक ज्ञान, खानपान संस्कृतिको संरक्षणसँगै जैविक विविधता र स्वास्थ्यप्रतिको सचेतनालाई समेत उजागर गर्दछ ।”
जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने पर्वले सामाजिक एकता, आपसी सद्भाव र राष्ट्रिय पहिचानको सुदृढीकरणमा योगदान पुर्याउने उनको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ साउन २०८२, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न ओली पनि च्यासलमा
ओलीसँग भेटवार्ता गर्न च्यासल जाँदै पूर्वराष्ट्रपति भण्डारी
‘जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो’: पूर्वराष्ट्रपति भण्डारी
ओली भेटन बालुवाटार पुगेकी पूर्वराष्ट्रपति भण्डारीले सोधिन् यस्ता प्रश्न
पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त
गणतन्त्र जनसङ्घर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि हो : पूर्वराष्ट्रपति भण्डारी