काठमाडौँ । सरकारले ल्याएका कतिपय विधेयकमा पार्टीभित्र विमति बढिरहेका बेला गृहमन्त्री रमेश लेखकले काँग्रेसका दुई महामन्त्रीसँग बिहीबार साँझ बेग्लै संवाद गरेका छन् ।
होटेल मेरियटमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासँग गृहमन्त्रीले लामो छलफल गरेका हुन् । छलफलका एजेण्डाबारे दुवै पक्षले सामान्य शिष्टाचार र अनौपचारिक भेट मात्र भनेका छन् ।
पार्टीभित्र संस्थापन पक्षका वरिष्ठ नेताहरूले बेग्लै छलफल चलाइरहेका बेला महामन्त्रीद्धयसँग गृहमन्त्री लेखकको भेट अर्थपूर्ण मानिएको छ । यद्यपि गृहमन्त्रीनिकट स्रोतले भने उक्त छलफललाई ‘डिनर मिटिङ’ भनेको छ ।
गृहमन्त्री र महामन्त्रीद्धयबीच मेरियटमा करिब तीन घण्टाको छलफलपछि राति साढे १० बजे बाहिरिएका थिए । सरकार सञ्चालन सम्बन्धी उच्चस्तरीय संयन्त्रमा रहेका महामन्त्री थापा पछिल्लो समय बालुवाटार बैठकमा जान छाडेका छन् ।
निजामती विधेयकमा भएको छेडखानी छानबिन गर्ने संसदीय विशेष समितिले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई नैतिक र राजनीतिकरुपमा जिम्मेवार ठहर गरेपछि काँग्रेस नेतृत्व दबाब छ ।
सभापति देउवाले महामन्त्रीद्धयसँग छलफल गर्नुअघि गृहमन्त्रीले उनीहरूसँग भेटेर समग्र विषयमा कुराकानी गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ साउन २०८२, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री लेखकले दिए राजीनामा
राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकद्वारा आइजिपी दीपक थापाको बिदाइ
‘लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनु पर्दैन’ : गृहमन्त्री लेखक
अवैध चोरीपैठारी र निकासी रोक्न समन्वय गरेर काम गर्न गृहमन्त्री लेखकको निर्देशन
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक : गृहमन्त्री लेखक