काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सिमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।
आज जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा गृहमन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकारवाला सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न निर्देशन दिएका हुन् ।
‘राजस्व चुहावट नियन्त्रणका लागि सबै सरोकारवाला निकायबीच आपसी समन्वय गरेर अघि बढ्नका लागि अनुरोध गर्दछु’, उनले भने, ‘एक निकायले अर्को निकायलाई दोषारोपण गरेर नभई समन्वयसहित सहकार्य गर्न जरुरी छ ।’
गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने अवैध चोरी तस्कर र अन्य आपराधिक गतिविधि न्यूनीकरणका लागि आवश्यक पहलकदमी गर्न अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ भदौ २०८२, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री लेखकले दिए राजीनामा
राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकद्वारा आइजिपी दीपक थापाको बिदाइ
‘लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनु पर्दैन’ : गृहमन्त्री लेखक
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक : गृहमन्त्री लेखक
गृहमन्त्री लेखक र सचिव दुवाडीबीच कार्यसम्पादन सम्झौता, नतिजामुखी काम गर्न निर्देशन