पर्सा । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरूले चित्त दुखाउनु नपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले नेपालको भूमि लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौतालाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको आपत्ति सही भएको बताए ।
“ लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि नेपालको हो । हामीले हाम्रो भूमिलाई हाम्रो भूमि हो भन्दा कुनै पनि देशसँग हाम्रो सम्बन्ध बिग्रिनुपर्ने कारण छैन,” उनले भने, “यसमा मित्रराष्ट्र भारत र चीनले पनि चित्त दुखाउनुपर्ने कुनै कुरा छैन । त्यो भूमि हाम्रो हो । यसमा हामी प्रष्ट छौँ ।”
गृहमन्त्री लेखकले प्रधानमन्त्री ओली चीन गएको अवस्थामा मित्रराष्ट्र भारत र चीनसँग हाम्रो भूमिलाई लिएर भएको सम्झौतामा आपत्ति जनाउनु सही भएको स्पष्ट पारे । नेपालको भूमि कुनै पनि राष्ट्रका विरुद्धमा प्रयोग हुन नदिने उनले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ भदौ २०८२, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध चोरीपैठारी र निकासी रोक्न समन्वय गरेर काम गर्न गृहमन्त्री लेखकको निर्देशन
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक : गृहमन्त्री लेखक
गृहमन्त्री लेखक र सचिव दुवाडीबीच कार्यसम्पादन सम्झौता, नतिजामुखी काम गर्न निर्देशन
गृहमन्त्रीको प्रष्टीकरण : ‘रविलाई सुविधाबाट वञ्चित गरिएको छैन, कारागार सार्ने काम हुँदैछ’
प्रत्येक कारागारमा क्षमताभन्दा ६७ प्रतिशत बढी कैदीबन्दी छन् : गृहमन्त्री लेखक
विदेशमा जन्मिएका सन्तानलाई आमाको स्वघोषणाको आधारमा अङ्गीकृत नागरिकता : गृहमन्त्री लेखक