गाजामा देखिएको निराशाका कारण कानून र व्यवस्था बिग्रिएको छः डब्ल्युएचओ प्रमुख

एजेन्सी

शुक्रबार, २३ साउन २०८२, १२ : १४
गाजामा देखिएको निराशाका कारण कानून र व्यवस्था बिग्रिएको छः डब्ल्युएचओ प्रमुख

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले गाजामा देखिएको निराशाले कानून र व्यवस्था बिग्रिएको बताउनुभएको छ । गाजा बाहिर तत्काल चिकित्सा सेवाको आवश्यकता परेका मानिसहरूलाई बाहिर निकाल्न मानवीय कोरिडोरहरूको आवश्यकता रहेको बताउनु भयो ।

लगभग दुई वर्षदेखि बमबारीबाट पीडित छन् । आधारभुत सेवाहरूमा उनीहरूको पहुँच सिमित छ । बारम्बार विस्थापनको सामना गर्नुपरेको छ । अब खाद्य आपूर्तिको अवरोधबाट पीडित छन् ।  कुपोषण व्यापक छ र भोकमरीसँग सम्बन्धित मृत्युहरू बढिरहेका छन् । जुलाईमा पाँच वर्ष मुनिका लगभग १२ हजार बालबालिकाहरू तिब्र कुपोषणबाट पीडित भएको पहिचान गरिएको थियो ।

मे २७ देखि वितरण स्थलहरूबाट खाना सङ्कलन गर्ने प्रयास गर्दा १ हजार ६ सय भन्दा बढी मानिसहरू मारिएका छन् । लगभग १२ हजार घाइते भएका छन् । टेड्रोसले अक्टोबर २०२३ मा द्वन्द्व शुरु भएदेखि, डब्ल्युएचओले गाजाबाट ७ हजार ५ सय २२ बिरामीहरूलाई बाहिर निकाल्न सहयोग गरेको छ । यद्यपि गाजामा १४ हजार ८ सय भन्दा बढी बिरामीहरूलाई विशेष चिकित्सा हेरचाहको तत्काल आवश्यकता छ । 

प्रतिक्रिया दिनुहोस