भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी

भदौं ३१ मा दुई दिने भारत भ्रमणमा जान लागेका ओलीको भ्रमण तालिका तीन या चार दिन लम्बाउने तयारी

सफल खबर संवाददाता

विहीबार, २२ साउन २०८२, ०८ : ३९
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणको तयारी गर्न भारतीय विदेश सचिव नेपाल आउन लागेका छन् ।

ओली प्रधानमन्त्री बनेपछि भारत भ्रमणमा जान निक्कै हतारिएपनि भारतीय पक्षले त्यक्ति चासो देखाएको थिएन । तर पछिल्ला दिनमा भारतले ओलीलाई भारतमा स्वागत गर्न रातो कार्पेट बिछ्याउन तयार रहेको सन्देश पठाएपछि भ्रमण मिति तय भएको थियो ।

त्यही भ्रमणको तयारी गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफना विदेश सचिव विक्रम मिश्रीलाई नेपाल पठाउन लागेका हुन् । उनी आगामी भदौं १ गते काठमाडौं आउन लागेका हुन् । उनी आउन लागेको जानकारी भारतीय पक्षबाट नेपाल सरकारलाई गराईसकिएको छ । परराष्टमन्त्रालय स्रोतका अनुसार भारतीय विदेश सचिव दुई दिन काठमाडौंमा रहने छन ।

ओली पनि भ्रमण दुई दिने मात्र बनाउनेमा भने त्यक्ति सन्तुष्ट देखिएका छैनन । तर भ्रमण लम्बाउँदा भारतीय पक्षले आफनो भ्रमणमा बनाउने कार्यतालिका कस्तो बनाउँछ भन्नेमा निक्कै चासो लिएका छन् ।

ओली पनि भ्रमण दुई दिने मात्र बनाउनेमा भने त्यक्ति सन्तुष्ट देखिएका छैनन । तर भ्रमण लम्बाउँदा भारतीय पक्षले आफनो भ्रमणमा बनाउने कार्यतालिका कस्तो बनाउँछ भन्नेमा निक्कै चासो लिएका छन् ।

सो अवधीमा नेपाल र भारतका प्रधानमन्त्रीका बीचमा हुने छलफलका एजेण्डा र भ्रमण तालिकाका बारेमा छलफल हुनेछ । अहिलेसम्म प्रधानमन्त्री ओली एक रात मात्र भारत बस्ने गरी तालिका तय भएको छ । तर भारतीय पक्षले नेपालका प्रधानमन्त्रीको इच्छा अनुसार भ्रमणलाई थप लब्बाउन सकिने जनाएको छ । भारतीय पक्षले नेपालका प्रधामन्त्रीले चाहेमा भ्रमणलाई अहिले दुई दिने भ्रमण तय भएपनि तीन या चार दिनको बनाउन चाहिरहेको छ ।

‘अहिलेको लागि, प्रधानमन्त्रीको भारत भ्रमण केवल दुई दिनको लागि मात्र तय छ । तर भारतीय पक्षले प्रधानमन्त्रीले चाहेमा भ्रमण अवधी लम्बाउन सक्ने सन्देश पठाएको छ,’ पररास्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले चाहेमा भारतीय पक्षले भ्रमणलाई तीन वा चार दिनसम्मको बनाउने तयारी छ ।’

ओली पनि भ्रमण दुई दिने मात्र बनाउनेमा भने त्यक्ति सन्तुष्ट देखिएका छैनन । तर भ्रमण लम्बाउँदा भारतीय पक्षले आफनो भ्रमणमा बनाउने कार्यतालिका कस्तो बनाउँछ भन्नेमा निक्कै चासो लिएका छन् ।

भारतीय विदेश सचिवको भ्रमणका क्रममा यी विषय टुंगो लाग्ने नेपालका  अधिकारीहरु बताउँछन् । नेपालका प्रधानमन्त्रीहरुले भारतको औपचारिक भ्रमणमा जाँदा त्यहाँका औपचारिक कार्यक्रम सकेपछि कुनै धार्मिक भ्रमण गराउने, संस्कृतिक सम्पदाहरुको अवलोकन गराउने भारतीय पक्षले बनाउँदै आएका छन् । तर ओलीको अहिलेसम्म दुई दिने भ्रमण तालिका मात्र रहेकोले त्यस्तो कार्यतालिका बनेको छैन । उनको भ्रमण  तालिका लम्बेमा भने भारतीय पक्षले त्यस्तो कार्यतालिका समावेश गर्ने तयारी गरेको छ ।

मिश्रीको भ्रमणको क्रममा, दुवै पक्षले भ्रमणको सम्भावित एजेन्डाका साथै प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा हस्ताक्षर हुने सम्भावित समझदारी, सम्झौता र उपकरणहरू, ओलीको दिल्ली बाहिरको यात्राको योजना लगायतका विषयमा छलफल हुने छ ।

भारतीय विदेश सचिवले नेपाल बसाईका क्रममा प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा र अन्य नेताहरूलाई भेट्नेछन् । भारत अमेरिकासँग कर सम्बन्धी गतिरोधमा फसेको बेलामा नेपालले भ्रमणबाट के अपेक्षा गर्छ भनेर पनि उनले अनुमान गर्ने प्रयास गर्नेछन्।

जुलाई २०२४ मा भारतको विदेश सचिव नियुक्त भएदेखि यो मिश्रीको काठमाडौँको दोस्रो भ्रमण हुनेछ । उनले गत वर्ष अगस्टमा काठमाडौंको भ्रमण गरेका थिए । त्यसबेला उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओली, मन्त्रीहरू, नेताहरू र नागरिक समाजका सदस्यहरूसँग भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस