सप्तरी । सप्तरीमा मदिरा नियन्त्रण गर्ने क्रममा गएराति प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजगड गाउँपालिका वडा नम्बर–२ निवासी लालु यादवको रहेको मधेस प्रदेश प्रहरीले जनाएको छ ।
मदिरा भण्डार गरिएको ठाउँमा राति सर्च अप्रेसन चलाउँदा मदिरा तस्करसँग भएको झडपमा प्रहरीले चलाएको गोलीबाट यादवको मृत्यु भएको मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले बताए ।
उनका अनुसार सीमा नजिकबाट भारी मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचना आएको थियो, सोही सूचना बमोजिम सर्च अप्रेसन चलाउँदा तस्कर र प्रहरीबिच झडप भएको हो ।
तस्करहरुले प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा प्रहार गर्न थालेपछि आत्म रक्षाको लागि प्रहरीले ७ राउन्ड गोली चलाएको चतुर्वेदी बताउँछन् । जस क्रममा यादवको तिघ्रामा गोली लागि घाइते भएका थिए।
अस्पतालमा उपचारको लागि लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्लाको राजगड गाउँपालिका वडा नम्बर–२ स्थित कमलपुरमा सर्च अप्रेसन गर्दा तस्कर र प्रहरीबिच भीडन्त भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ साउन २०८२, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्युयोर्कमा अन्धाधुन्द गोली प्रहार, १ जनाको मृत्यु
पाकिस्तानमा बसबाट ओरालेर ९ जना पन्जाबका यात्रुलाई गोली हानियो
टोखामा गोली चल्यो, दुई लागु औषध कारोबारी घाइते
अमेरिकामा गोली लागेको अवस्थामा मृत भेटिए एकै परिवारका ४ नेपाली
बुटवलमा युवतीमाथि गोली प्रहार
गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार