काठमाडौं । दुई फरक मुद्दा खेपिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिएको हो ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीले उक्त आदेश प्रचलित कानून र न्यायको मान्य सिद्धान्त विपरीत भएकाले आदेश बदरको माग गरेर आफूहरु सर्वोच्च अदालत जाने बताए ।
‘दुवै आदेश न्यायको मान्य सिद्धान्त र कानूनी व्यवस्था विपरीत रहेको हाम्रो निष्कर्ष हो’ उनले भने, ‘यस्तो आदेशले विधिको शासनलाई प्रवर्द्धन गर्दैन भन्ने निष्कर्षका साथ हामी सर्वोच्च अदालतमा निवेदन लिएर जान लागेको हो ।’
त्यसका लागि आदेश र अरु फाइल अध्ययन गरी राय पेश गर्न महान्यायाधिवक्ता कार्यालयले उच्च सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएको थियो ।१५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई उच्च अदालत पाटनले आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
अदालतले तोकेको धरौटीको रकम बुझाएर उनी सोमबार डिल्लीबजार कारागार फर्किएका थिए । त्यसको झन्डै दुई घण्टापछि कारागार प्रशासनले रिहाइको प्रक्रिया टुंग्याएर प्रसाईंलाई बेलुका छाडेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ साउन २०८२, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यार्थी संगठन खारेज गर्ने आँट नगर्न सरकारलाई दुर्गा प्रसाईंको चेतावनी
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
दुर्गा प्रसाईँ पाँच दिन हिरासतमा रहने
फेरि पक्राउ परे दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई पक्राउ गर्न उनको निवासमा पुग्यो प्रहरी