काठमाडौं । भारत सरकारले रूसबाट तेल आयातको विषयमा अमेरिकासहित पश्चिमी राष्ट्रहरूको आलोचना अस्वीकार गर्दै कडा प्रतिक्रिया दिएको छ ।
भारतीय विदेश मन्त्रालयले सोमबार सार्वजनिक गरेको वक्तव्यमा संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा भारतप्रति गरिएको निशानालाई ‘अनुचित र अविवेकपूर्ण’ भन्दै निन्दा गरेको छ ।
वक्तव्यमा भनिएको छ, ‘भारतले रूसबाट तेल आयात युक्रेन द्वन्द्वपछि मात्रै सुरु गरेको हो, त्यो पनि परम्परागत आपूर्तिहरू युरोपतिर मोडिएपछि। त्यतिबेला त संयुक्त राज्य अमेरिका स्वयंले भारतलाई यस्तो आयात गर्न प्रोत्साहित गरेको थियो, ताकि विश्व ऊर्जा बजारमा स्थायित्व रहोस् ।’
भारतले आफ्नो तेल आयातलाई भारतीय उपभोक्ताका लागि पूर्वानुमान गर्न मिल्ने र सुलभ मूल्य सुनिश्चित गर्ने उपायको रूपमा देखाएको छ । वक्तव्यमा भनिएको छ, ‘भारतको यस्तो आयात आवश्यकताले प्रेरित भएको हो । तर भारतबारे आलोचना गर्ने थुप्रै मुलुकहरू आफैँ रूससँग व्यापार गरिरहेका छन् । ती मुलुकहरूको रूससँगको व्यापार कुनै पनि राष्ट्रिय अनिवार्यताको कारण भएको छैन।’
भारतको तुलनामा युरोपेली संघले सन् २०२४ मा रूससँग ६७.५ अर्ब युरोको वस्तु व्यापार गरेको तथा २०२३ मा १७.२ अर्ब युरो बराबरको सेवा व्यापार गरेको विदेश मन्त्रालयले उल्लेख गरेको छ । यो भारतको कुल व्यापारभन्दा धेरै भएको तथ्य पनि वक्तव्यमा प्रस्तुत गरिएको छ।
युरोपले सन् २०२४ मा रूसबाट १६.५ मिलियन टन एलएनजी आयात गरेको पनि वक्तव्यमा उल्लेख गरिएको छ, जुन सन् २०२२ को कीर्तिमानभन्दा पनि बढी हो।
त्यस्तै, युरोप–रूस व्यापारमा ऊर्जा मात्र नभई मल, खानीजन्य पदार्थ, रसायन, फलाम र स्टिल तथा मेसिनरी र यातायात उपकरणहरू पनि समावेश भएको भारतले जनाएको छ ।
संयुक्त राज्य अमेरिका स्वयम्ले पनि आफ्ना आणविक उद्योगका लागि युरेनियम हेक्साफ्लोराइड, विद्युतीय सवारी साधनका लागि प्यालाडियम, मल र रसायनहरू रूसबाट आयात गरिरहेको भारतले स्मरण गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ साउन २०८२, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’