काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति बैठक दशैंपछि बस्ने निर्णय गरेको छ । मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यसबारे जानकारी गराएका हुन् ।
उनका अनुसार, दशैंपछि तिहार अघि केन्द्रीय समिति बैठक बस्ने निर्णय भएको हो । ‘केन्द्रीय समितिको बैठक दशैं पछि तिहार अघिको समयमा बस्ने निर्णय भएको छ,’ प्रवक्ता सापकोटाले भने ।
त्यस्तै, पोखरासम्म पुगेर रोकिएको मध्यपहाडी लोकमार्गको अभियान भदौ १५ गतेदेखि सुरु गरेर ताप्लेजुङसम्म पुग्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० साउन २०८२, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु