काठमाडौं । नेकपा माओवादी केन्द्रका पार्टीलाई एकताबद्ध बनाउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताएका छन् । मंगलबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘पहिलो कुरा देशको लोकतान्त्रिक आन्दोलनको सुदृढिकरण, गणतन्त्रको सुदृढिकरणको निम्ति हाम्रो पार्टी जसले यो परिवर्तनमा सबैभन्दा महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्यो,’ प्रचण्डले भने, ‘यसलाई एकताबद्ध गर्ने चुनौती हाम्रो अगाडि थियो । त्यो चुनौतीलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौं ।’
उनले पार्टी एकबताबद्ध भएको प्रचण्डले दाबी गरे ।‘पार्टी एकताबद्ध भएको छ । हामी सामूहिक प्रतिबद्धता गरेका छौं,’ उनले भने, ‘हामी अझ सुदृढ एकताका साथ सबै खाले गुटबन्दी, समूहबद्धताको अन्त्य गर्ने संकल्प लिएका छौं । सामूहिक रुपले प्रतिबद्धता गरेका छौं ।’
उनका अनुसार, पार्टी फेरि एक पटक जनताको जानेगरी निर्णय भएको छ । मुलुकमा अहिले देखिएका समस्याको अन्त्यका निम्ति फेरि आन्दोलन गर्ने निर्णय पनि भएको बैठकपछि प्रचण्डले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० साउन २०८२, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु