काठमाडौँ । भिजिट भिसाका नाममा विपक्षी दलहरूले संसदको दुरुपयोग गरेको भन्दै नेपाली काँग्रेसले गम्भीर आपत्ति जनाएको छ। सोमबार प्रतिनिधि सभा बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले अवरोध जनाएका थिए।
उनीहरूले भिजिट भिसा प्रकरणमा उठाएका आफ्ना कुरा सरकारले नसुनेको भन्दै छानबिन समिति नबनेसम्म संसदमा आफ्नो अडान कायमै रहने बताए। आफ्ना कुरा राखिसकेपछि बैठक बहिष्कार गर्दै बाहिर निस्किए। बैठकमा रास्वपा सांसद असिम साह र राप्रपा सांसद ध्रुवबहादुर प्रधानले बोलेका थिए। भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दा राप्रपा र रास्वपालाई व्यवस्था विरोधी भनेर ट्याग लगाउन खोजिएको उनीहरूको आरोप थियो।
शून्य समयमा बोल्दै काँग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरेले भिजिट भिसाका नाममा विपक्षी दलहरूले लामो समयदेखि संसदको दुरुपयोग गर्दै आएको बताए। यो गलत अभ्यास रहिरह्यो भने संसदको गरिमा पनि नरहने उनको भनाइ छ। उनले यो गलत अभ्यासको अन्त्य गर्न सभामुखसँग आग्रह समेत गरे।
‘झन्डै ७० दिनदेखि अवरोध हुँदै आएको छ। आफ्नो कुरा राख्ने र अनि बहिष्कार गर्ने। यो अभियान र यो अभ्यास जारी रहने भन्नु भएको छ। कति दिनसम्म चल्ने हो ? संसदमा उभिएर गालीगलौज गर्ने। भिजिट भिसाका नाममा मानव तस्करी गरियो भन्ने। भिजिट भिसामा बाहिर कतै नगएको कोही छ ? यो के भन्न खोजिएको हो, ’उनले भने, ’रोहबरशैलीमा झुटो कुरा प्रचार गरेर आम मानिसलाई भ्रममा पारेर संसद्लाई दुरुपयोग गर्ने जुन अभ्यास चलेको छ यो बन्द हुनुपर्छ। नेपाली काँग्रेसको गम्भीर आपत्ति छ यसमा। यो अभ्यासको अब अन्त्य गरिएन भने संसदको गरिमा रहँदैन महत्त्व पनि रहँदैन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० साउन २०८२, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित
कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल
कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको भेला सर्यो
सभापतिले दिएको जिम्मेवारी अनुसार अधिवेशनको वातावरण बनाउन खड्कालाई महामन्त्रीद्वयको आग्रह
आगामी पुस १६ मा महाधिवेशन गर्ने कांग्रेस संस्थापन इतरको निष्कर्ष
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै