काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिपूर्ण रहेको बताएका छन्। जेनेभा, स्विट्जरल्याण्डमा भएको संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा भाग लिइ स्वदेश फर्किएपछि आइतबार त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभामुख घिमिरेले सम्मेलनका क्रममा भएको छलफलका बारेमा जानकारी दिँदै नेपालको सहभागिता उपलब्धिपूर्ण रहेको बताएका हुन्।
उनले सम्मेलनमा डिजिटल क्षेत्रमा भइरहेका प्रगतिले पार्न सक्ने प्रभावका बारेमा छलफल भएको जानकारी दिए । आधुनिक प्रविधिले संसद्लाई पारदर्शी र प्रभावकारी बनाउन खलेको भूमिकाका बारेमा आफूले धारणा राखेको भन्दै सभामुख घिमिरेले अबको युगमा संसद्लाई केवल कानुन निर्माणका थलो मात्रै नभए प्रविधिमैत्री, जनसंवादमुखी र डिजिटल भविष्य निर्माणका नेतृत्वकर्ता हुनुपर्नेमा जोड दिएको बताए।
सम्मेलनका क्रममा विश्व राजनीतिमा देखा परेका द्वन्द्व र असमानतालाई समाधान गर्नुपर्नेमा सबै सहभागीले जोड दिएको उनको भनाइ छ । त्यस्तै उनले विभिन्न मुलुकबाट आएका संसद्का प्रमुखहरूसँग नेपालले गर्न सक्ने साझेदारीका विषयमा छलफल भएको जानकारी दिए।
सभामुख घिमिरेले आगामी जनवरी ३० र ३१ मा काठमाडौँमा हुने जलवायुसम्बन्धी सम्मेलनका विषयमा अन्तर व्यवस्थापिका संघका प्रमुखसँग परामर्श भएको उल्लेख गरे । अन्तर व्यवस्थापिका संघ र संयुक्त राष्ट्रसंघद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनका क्रममा सभामुख घिमिरेले ‘हाम्रो डिजिटल भविष्य निर्माणमा सांसदहरूको भूमिका के हुनसक्छ ?’ शीर्षकको प्यानल डिस्कसनमा धारणा राखेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ साउन २०८२, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौँ : सभामुख घिमिरे
रास्वपासँग सरकारले संवाद नगरेकोमा सभामुखले जनाए असन्तुष्टि
संघीयताका सकारात्मक पक्षलाई व्यवहारमा उतार्न ध्यान दिनुपर्छ : सभामुख घिमिरे
राज्य व्यवस्था समितिको सभापति चयन गर्न सभामुखको ताकेता
जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सिमित हुँदैनः सभामुख घिमिरे
‘जनस्वास्थ्यसँग जोडिएका विषयलाई आमजनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण काम’ : सभामुख घिमिरे