काठमाडौँ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा भ्रष्टाचारले सीमा नाघेको बताएका छन् । आज काठमाडौँमा जनता समाजवादी पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार उन्मुलन गर्न जरुरी रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले भ्रष्टाचारीको आँखै हेर्दिन भन्ने गरेपनि त्यसअनुसार काम अघि बढ्न नसकेको टिप्पणी गरे । उनले भ्रष्टाचार बढ्नुको मुख्य कारण निर्वाचन प्रणाली रहेको बताए ।
करोडौँ पैसा खर्च गरेर निर्वाचन जित्ने र त्यसपछि मन्त्री, मुख्यमन्त्री, सांसद, पालिका प्रमुख, वडा अध्यक्ष भएर असुल्ने प्रवृत्तिका कारण भ्रष्टाचार मौलाइरहेकोले उनले बताए । मन्त्रीहरूले नीतिगत निर्णयमा हस्ताक्षर गर्ने कारण पनि भ्रष्टाचार बढेको उनको निष्कर्ष छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ साउन २०८२, १२ : ०८
लेखकबाट थप