काठमाडौं । भारतले इङ्गल्यान्डसँगको पाँचौँ टेस्टमा कम ब्याक गरेको छ । पहिलो पारीमा २२ रनले पछि परेको भारतले दोस्रो पारीमा ७५ रन जोडेर दुई विकेट गुमाएको छ ।
यसशस्वी जयसवाल ५१ तथा नाइटवाच म्यानको रूपमा आएका आकाश दीप चार रनमा अविजित छन् । भारतले लोकेश राहुललाई सात तथा साइ सुदर्शनलाई ११ रनमा गुमाएको हो ।
यसअघि २२४ रनमा सीमित भारतले इङ्गल्यान्डलाई पनि २४७ रनमा सीमित गरेको हो ।
ज्याक क्रली र बेज डकेटले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेपछि इङ्लिस टोली बलियो देखिएको थियो । क्रलीले ६४ तथा डकेटले ४३ रन जोडे । हेरी ब्रुकले ५३ रनको योगदान गरे । भारतलाई खेलमा फर्काउने क्रममा प्रसिद्ध कृष्ण र मोहम्मद सिराजले बराबर चारचार विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ साउन २०८२, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण