काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानकै कारणले अहिले कुनै पार्टीको स्पष्ट बहुमत नआउने बताएका छन्।
पार्टीको थारु विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एउटै पार्टीको बहुमत नआएको कारणले मिलेर सरकार बनाउनुपरेको बाध्यता सुनाए।
उनले भने, ‘संविधान सबैलाई जोड्ने खालको छ। महिला, दलित, जनजाति, आदिवासी सबैलाई समेट्छ। यो समावेशी लोकतन्त्र भन्दा पनि हुन्छ। तर, संविधानले गर्दा कुनै पनि पार्टीको बहुमत आउँदैन। कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने हुन्छ। कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने हुन्छ। कुनै पार्टीको बहुमत आउँदैन।’
पार्टी एक ढिक्का भएर अगाडि बढे बहुमत आउन पनि सक्ने भएकाले एकताबद्ध भएर अघि बढ्न पार्टीपंक्तिलाई आग्रह गरे। उनले आफूले थारु समुदायबाटै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाएको र पार्टी सहमहामन्त्री एक जना अनिवार्य हुनुपर्ने व्यवस्था राखेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ साउन २०८२, १६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
पार्टी विभाजन नहोस् भन्ने चाहेको छु: देउवा
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा