काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार ढालेर संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बनाएको वर्ष दिन पुगेको छ ।
पहिलो र दोस्रो ठूला दल मिलेर बनेको ‘बलियो गठबन्धन सरकार’ बन्दासमेत शासकीय सुधार हुन नसकेको भन्दै तीव्र आलोचना हुन थालेपछि प्रधानमन्त्री सरकारको गति बढाउन मन्त्री फेर्ने तयारीमा छन् । तर मन्त्री फेर्दा कसलाई फेर्ने ? दुवै पार्टीभित्रको आन्तरिक समस्या, दुवै पार्टीका अध्यक्षका रोजाईका पात्र अहिले सरकारमै मन्त्रीका रुपमा रहेका कारण मन्त्री फेर्ने भनेपनि प्रधानमन्त्री ओली देखि कांग्रेस सभापति शेरवहादुर देउवा दुवै अप्ठ्यारोमा परेका छन् ।
बिहिबार प्रधानमन्त्री र कांग्रेस सभापति शेरवहादुर देउवाका बीचको घेटमा मन्त्री फेर्ने प्रस्तावका बारेमा छलफल हुने बताएपनि दुवै नेताका आ आफना अप्ठ्याराकाबीच छलफलले औपचारिकता समेत पाएन । ओलीले देउवासँग बिहिबार मन्त्री फेर्ने बारेमा निर्णायक छलफल गर्न चाहेका थिए । तर जव बालुवाटारमा भेटघाटका समय मिल्यो, तव विषय बागमती प्रदेश सरकारको इस्युमा पुगेर अड्कियो । बागमतीमा कांग्रेसको आन्तरिक किचलोले केही दिनयता सरकार संकटमा छ ।
सरकारका मन्त्री नफेरे पनि भएको छैन, फेर्दा पनि कसलाई फेर्ने भन्नेमा ओली देउवा दुवै अप्ठयारोमा छन्, कांग्रेसका एक नेताले सफलखबरसँग भने, ’दुवै पार्टीमा आन्तरिक किचलो छ । कांग्रेसमा महाधिवेशन नजिक आउँदा सन्तुलन विग्रने भत्कने चिन्ता सभापतिमा छ, प्रधानमन्त्रीमा पनि पार्टीभित्र पूर्व रास्ट्रपति विद्या भण्डारीको राजनीतिमा फर्कने प्रकरणले अर्काे आन्तरिक तनाव छ ।
कांग्रेसले सरकारमा सहभागी मन्त्री फेर्नेबारेमा केन्द्रीय समिति बैठकबाट कुनै निर्णय नलिएको र तत्काल फेर्नेबारेमा चासो पनि नलिएकोले प्रधानमन्त्री ओली सभापति देउवासँग मन्त्री फेर्नेबारेमा निर्णायक छलफल गर्न चाहिरहेका थिए । त्यही क्रममा प्रधानमन्त्रीको सचिवालयले देउवासँग यस विषयमा वातावरण बनाउन प्रधानमन्त्रीले मन्त्री फेर्न चाहेको र देउवासँग छलफल गर्न लागेको भनी सूचना चुहाएको थियो ।
देउवासँगको भेट अगाडी नै त्यसरी देउवासँगको भेट हुन लागेको र मन्त्री फेर्ने एजेण्डामा छलफल हुन लागेको भन्दै प्रधानमन्त्रीको सचिवालयले देउवासँगको छलफल सहज होस् भनी एजेण्डा नै आफनो तर्फबाट सञ्चारमाध्यममा सार्वजनि गर्दा कुराकानी गर्न सहज हुन्छ भन्ने ठानेको थियो । तर बिहिबारको छलफलमा बागमती प्रदेश सरकारका बारेमा केन्द्रीत छलफल भएपछि यो विषयमा प्रसंग नै उठन नसकेको बालुवाटार स्रोतले सफलखबरलाई बताएको छ ।
सरकारका मन्त्री नफेरे पनि भएको छैन, फेर्दा पनि कसलाई फेर्ने भन्नेमा ओली देउवा दुवै अप्ठयारोमा छन्, कांग्रेसका एक नेताले सफलखबरसँग भने, ’दुवै पार्टीमा आन्तरिक किचलो छ । कांग्रेसमा महाधिवेशन नजिक आउँदा सन्तुलन विग्रने भत्कने चिन्ता सभापतिमा छ, प्रधानमन्त्रीमा पनि पार्टीभित्र पूर्व रास्ट्रपति विद्या भण्डारीको राजनीतिमा फर्कने प्रकरणले अर्काे आन्तरिक तनाव छ । मन्त्री फेर्दा पार्टीभित्रको यही जटिल शक्ति सन्तुलन विग्रने भय दुवै नेतामा छ । त्यसको लेखाजोखा गर्दा उहाँहरु आफै यसबारेमा अप्ठ्यारोमा फस्ने देखेपछि निश्कर्षमा पुग्न सकिरहनु भएको छैन ।’
प्रधानमन्त्री ओलीलाई आफनो पार्टीबाट अहिले सरकारमा रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई फेर्न प्रधानमन्त्री तयार छैनन । अर्थमन्त्री पौडेल र सञ्चारमन्त्री गुरुङले अहिले एमालेभित्रको आन्तरिक किचलोमा प्रधानमन्त्री ओलीलाई साथ दिएका छन् । तर यी दुवै नेता ओलीसँग भन्दा पूर्व रास्ट्रपति भण्डारीसँग निकटता रहेका नेता हुन् । यतिसम्मकी सञ्चारमन्त्री गुरुङ मन्त्री बन्दा विद्या भण्डारीको कोटाबाटै मन्त्री बनेको चर्चासम्म एमालेभित्र हुने गर्छ ।
यी दुई नेतालाई मन्त्रीबाट हटाउँदा आउँदो एमालेको विद्यान महाधिवेशन देखि अबको महाधिवशेनसम्म ओलीलाई पार्टीभित्र आफनो पकड अहिले जत्तिकै बलियो बनाईराख्न चुनौति छ । दुवै नेता फेरि भण्डारी नजिक पुग्नसक्ने ओलीले ठानेका छन् । सोहीकारण ओलीले दुवैलाई आफनो क्याबिनेटमा निरन्तरता दिई राख्ने र उनीहरुको काँधमा बन्दुक राखेर भण्डारीविरुद्ध चालिने रणनीतिमा उनीहरुलाई नै प्रयोग गर्ने नीति लिईरहेका छन् । सोहीकारण पनि ओली पौडेल र गुरुङलाई मन्त्रीबाट फेर्न तयार छैनन । भगवती भर्खर मात्र मन्त्री बनेकोले उनको हेरफेर हुने कुरा भएन । शिक्षामन्त्री रघुजी पन्त पनि केही समय अगाडी मात्रै मन्त्री भएका हुन् । उनलाई पनि ओली चलाउन चाहन्नन् ।
एक त मन्त्री बनेकै थोरै समयमात्र भएको र अर्काेतिर पन्तलाई चलाउँदा एमालेभित्रका विगतमा १० भाई भनेर चिनिने नेताहरु फेरि एक ठाँउ आएर आफुविरुद्ध मोर्चा कस्न सक्ने ओलीले ठानेका छन् । सोहीकारण पनि पन्तलाई पनि ओली चलाउन चाहन्नन् ।
त्यसो हुँदा ओलीले आफनो पार्टीबाट चलाउने भनेकै भूमि ब्यवस्थामन्त्री बलराम अधिकारी, उधोग बाणिज्यमन्त्री दामोदर भण्डारी, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई मात्रै हुन् । यसमध्ये राईबाहेक अन्य मन्त्रीहरु विवादित छन् । ओलीमाथी खासगरी भूमिमन्त्री अधिकारी, उद्योगमन्त्री भण्डारी र भौतिकमन्त्री दाहालमाथी अनेक आरोप लाग्दा समेत जोगाउन भूमिका खेलेको आरोप लागिरहेको छ ।
ओली मन्त्री फेर्दा यी मन्त्रीहरुलाई फेरेर मात्र हटाउन चाहान्छन् । तर आफनालाई मात्र फेर्दा नराम्रो सन्देश जाने र हटाउँदा आरोपित मन्त्रीमात्र हटाइनुपर्दा एमालेमाथी नै कालो धब्बा लाग्नसक्नेमा ओली सेचत पनि देखिएका छन् । जसकाकारण ओली आफै अप्ठ्यारोमा परिरहेको बालुवाटार स्रोत बताउँछ । कांग्रेसले केही मन्त्री फेर्न सहमति दिए आफ्नोबाट यी मन्त्री फेरर सहज बाटो लिन ओली चाहिरहेका छन् । तर, कांग्रेस सकारात्मक नभईदिँदा ओली अप्ठ्यारोमा छन् ।
उता कांग्रेसमा पनि मन्त्री फेर्दा अप्ठ्यारोमा फस्ने भय देउवामा छ । देउवामा पनि आफ्नै श्रीमती रहेकी परराष्टमन्त्री डा. आरजु राणा देउवा फेर्ने कुरा भएन । आफुसँग सूदुरपश्चिममा अहिलेसम्म पिल्लरका रुपमा रहेका विश्वासपात्र रमेश लेखकलाई पनि देउवा फेर्न चाहदैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ साउन २०८२, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले देउवासँग प्रकाशमान सहितका मन्त्री फेर्ने प्रस्ताव राख्दै
कुलिङ पिरियडबारे गठित छानबिन विशेष समितिले ओली, ‘प्रचण्ड’ र देउवासँग छलफल गर्दै
ओलीको निर्णयविरुद्ध भण्डारी अदालत जाने
ओलीसँग भेटवार्ता गर्न च्यासल जाँदै पूर्वराष्ट्रपति भण्डारी
ओलीले तिरे एमालेको लेबी
ओली भेटन बालुवाटार पुगेकी पूर्वराष्ट्रपति भण्डारीले सोधिन् यस्ता प्रश्न