ओलीले देउवासँग प्रकाशमान सहितका मन्त्री फेर्ने प्रस्ताव राख्दै

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०८२, ०९ : ०५
ओलीले देउवासँग प्रकाशमान सहितका मन्त्री फेर्ने प्रस्ताव राख्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सरकारका मन्त्रीहरु फेर्ने प्रस्तावका बारेमा छलफल गर्ने भएका छन् । तुर्कमेनिस्तान जानु अगाडी नै ओली सत्ता सहयात्री दल कांग्रेससँगको छलफलका आधारमा मन्त्रीमण्डल हेरफेरको तयारीमा जुटेका छन् । ओली साउन १८ मा तुर्कमेनिस्तान जान लागेका छन् ।

कांग्रेससँगको सहमतिका आधारमा ओली अबको एक वर्ष मात्र सरकारको नेतृत्वमा रहनेछन् । त्यसपछि समझदारी अनुसार उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री छोड्नुपर्ने हुन्छ ।

ओलीले कांग्रेससँगको सहकार्यमा सरकारको नेतृत्व गरेको एक वर्ष पुग्दा पनि काम देखाउन नसकेको भनी आलोचना भईरहँदा सरकारका मन्त्री फेरेर गति बढाउने योजना रहेको बताएका छन् । तर कांग्रेस पार्टीभित्रको आन्तरिक संर्घष, आगामी महाधिवेशन लगायतका कारण मन्त्री हेरफेर गर्ने योजनामा छैन । तर ओली आफनो पार्टीभित्र मात्र होइन, कांग्रेसका मन्त्री समेत फेरेर केही मन्त्रीहरु फेर्ने तयारीमा जुटेका छन् । त्यसका लागि उनले आज कांग्रेस सभापति शेरवहादुर देउवासँग भेट गर्न खोजिरहेका छन् ।

ओली देउवा पत्नी परराष्टमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकलाई राखेर कांग्रेसका तर्फबाट मन्त्री बनेका अन्य फेर्न चाहन्छन् । राणा र लेखकलाई पनि फेर्ने प्रस्ताव लैजादा देउवा विच्किने र सरकारको समिकरण नै उथलपुथल हुनसक्ने बुझेर ओलीले राणा र लेखक बाहेक अन्य मन्त्रीका बारेमा हेरफेरको नीति लिउ भन्ने प्रस्ताव देउवासँग गर्न खोजिरहेका छन् ।

ओलीले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधानतथा शहरी विकास मन्त्री प्रकशमान सिंह लाई नै फेर्ने प्रस्ताव देउवासँग गर्न खोजेका छन् । तर देउवा प्रकाशमान सिंहलाई चलाउने पक्षमा छैनन । सिंहलाई चलाउँदा पार्टीभित्रको सन्तुलन खलवलिने र सिंहले महाविधेशनमा आफुलाइृ विगतमा गरेको सहयोग नर्विसने योजनामा छन् । ओलीले फेर्न चाहेका प्रकाशमानका बारेमा देउवा सकारात्मक हुने सम्भाबना कम छ ।

ओली देउवा पत्नी परराष्टमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकलाई राखेर कांग्रेसका तर्फबाट मन्त्री बनेका अन्य फेर्न चाहन्छन् । राणा र लेखकलाई पनि फेर्ने प्रस्ताव लैजादा देउवा विच्किने र सरकारको समिकरण नै उथलपुथल हुनसक्ने बुझेर ओलीले राणा र लेखक बाहेक अन्य मन्त्रीका बारेमा हेरफेरको नीति लिउ भन्ने प्रस्ताव देउवासँग गर्न खोजिरहेका छन् ।

उनले आफनो पार्टीभित्र पनि दुई मन्त्री बाहेक अन्य फेर्ने प्रस्ताव देउवासँग उनले राख्न खोजेका छन् । अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ यथावत राख्ने र अन्य मन्त्री फेर्ने प्रस्ताव ओलीको छ । तर, रघुजी पन्त र भगवती न्यौपाने मन्त्री बनेको एक वर्ष पनि नपुगेको कारण उनीहरु लाई भने यथावत राख्ने ओलीको तयारी छ ।

तर, कांग्रेस एक त मन्त्री फेर्न नै अहिले तयार नभईरहेका बेला ओलीले कांग्रेसवाट सरकारको नेतृत्व गरिरहेका प्रकाशमान सिंह्कै काममा चित्त नबुझाएको र फेर्न देउवासँग राख्न खोजेको प्रस्ताव सजिलै देउवाले मान्लान् भन्ने देखिदैन । कांग्रेसभित्र देउवा पक्षका नेता मानिन्छन् अहिले सिंह । उनी कांग्रेसको अबको महाधिवेशनमा सभापतिको आकाक्षी पनि हुन् । देउवा पक्षका सात नेता निरन्तर संवादमा रहेर आगामी महाधिवेशनबाट नेता छान्न होमवर्क गरिरहेका नेता मध्येमा पर्छन् सिंह । यस्तो बेला सिंहलाई समेत फेर्ने प्रस्तावमा ओलीले छलफल गर्न खोज्दा त्यसले कांग्रेसमा तरंग ल्याउन सक्ने देखिन्छ ।

ओलीले लोसपाका सरदसिंह भण्डारीलाई पनि फेर्ने तयारी गरेका छन् । उनको स्थानमा सर्वेन्द्रनाथ शुक्लालाई मन्त्री बनाउने तयारी ओलीको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरले भण्डारीको स्थानमा सोही मन्त्रालयमा शुक्लालाई मन्त्री बनाउने प्रस्ताव लिखित रुपमा नै ओलीसमक्ष गरिसकेका छन् ।

ओलीले आफनो, कांग्रेसका र लोसपाका मन्त्री एकैपटक फेर्ने गरी तयारी गरेका हुन् । कांग्रेससँग आज हुने निर्णायक छलफलमा केही मन्त्री फेर्न देउवा तयार भए समग्रमा तुर्कमेनिस्तान जानु अगाडी नै ओलीले मन्त्रीमण्डल हेरफेरको तयारी गरेका हुन् । कांग्रेस तयार भएन भने पनि उनी आफ्नो पार्टी एमाले र लोसपाका मन्त्री फेरेर जाने सोचमा छन् ।