काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन् । साउन १५ को अवसरमा शुभकामना दिँदै उनले यस्तो कामना गरेका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् -'आज साउन १५, खीर खाने परम्परागत पर्व। हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए। पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ। '
ओली थप लेख्छन् -'जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ। शुभ साउन १५! सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् !'


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ साउन २०८२, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता