हेटौडा । कांग्रेसको प्रदेश सभा दल नेता गुमाएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
दल नेता गुमाएपछि सरकारको नेतृत्व छोडन दवाव परेपनि उनले सरकारको नेतृत्व नछोडने भन्दै मनित्रपरिषद् विस्तारको तयारी गरेका हुन् ।
उनीविरुद्द दल नेतामा अविश्वास प्रस्ताव दर्तापछि कांग्रेसकै ५ जना मन्त्रीहरुले राजीनामा दिएका थिए । ति रिक्त पाँच मध्ये आज उनले ३ जना लाई मन्त्री बनाउने तयारी गरेका हुन् । मुख्यमन्त्री लामाले
गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री, माया श्रेष्ठ युवा तथा खेलकुद मन्त्री र गिता गुरुङ सहकारी तथा गरिबी निवारण मन्त्री बनाउने तयारी गरेका छन् ।
उनीहरुको सपथ ग्रहण समेत आजै गराउने गरी मुख्यमन्त्री अगाडी बढेको मुख्यमन्त्री स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ साउन २०८२, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
बजेटअघि मन्त्रालय पुनर्संरचना : आज मन्त्रिपरिषद् बैठकमा मर्ज र खारेजको खाकामा छलफल
मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे बस्दै