एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युक्रेनसँग युद्ध विराम गर्नका लागि १० देखि १२ दिनको नयाँ ‘डेट लाइन’ दिएका छन्। राष्ट्रपति ट्रम्पले शान्तिका लागि गरिएका प्रयास खेर गइरहेको तथा समय त्यत्तिकै बितिरहेको समयमा धेरै कुर्नु आवश्यक नरहेको बताएका हुन्।
दुई साता अघि राष्ट्रपति ट्रम्पले रुसलाई युक्रेनसँगको युद्ध विरामका लागि ५० दिनको समय दिँदै नयाँ प्रतिबन्धको चेतावनी पनि दिएका थिए। स्कटल्यान्डमा भएको पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले सोमबार या मङ्गलबार नयाँ कर तथा प्रतिबन्धको बारे पनि घोषणा गर्ने बताए।
यसअघि जुलाई महिनामा ट्रम्पले रुससँग कारोबार गर्ने कुनै पनि देशको सामानमा ५० प्रतिशत कर लगाउने घोषणा गरेका थिए। यसले अमेरिकाका अन्य सामानको तुलनामा ती सामान महँगो हुने तथा रुस र त्यस देशसँग कारोबार गर्ने देशको सामान बिक्री हुन छाड्ने छन्।
स्कटल्यान्डमा बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँगको छोटो वार्तामा ट्रम्पले रुसले युक्रेनमा आक्रमण जारी राखेकोमा आफ्नो असन्तुष्टि रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ साउन २०८२, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको दाबी : दोहामा आज अमेरिका-ईरान वार्ता हुने
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका-इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता