काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तान भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी साउन १८ गतेदेखि २३ गतेसम्मको लागि प्रधानमन्त्री ओलीको भ्रमण अनुमोदन गरेको एक मन्त्रीले जानकारी दिए।
प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तानको अभाजा जाँदै छन्।
उक्त सम्मेलन साउनको तेस्रो साता अभाजामा आयोजना हुँदैछ । सम्मेलनमा भूपरिवेष्ठित मुलुकहरूको विकाससम्बन्धी विषयमा अन्तर्राष्ट्रिय छलफल हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ साउन २०८२, ०७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता