काठमाडौं । गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।११ जिल्लामा धर्ना कार्यक्रम गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाएको हो।
ज्ञापनपत्रमा देशको राजनीतिक, प्रशासनिक र आर्थिक संकटको समाधानका लागि वैकल्पिक राजनीतिक शक्ति अपरिहार्य भएको उल्लेख छ। पुराना दलहरू पुरानै सोच र शैलीमा अड्किएको, लोकतन्त्र दलतन्त्र र सिन्डिकेटमा सीमित भएको पार्टीको धारणा पनि उल्लेख छ।
पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक प्रणाली, ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’, जनलोकपाल गठन, भ्रष्टाचार नियन्त्रण, आत्मनिर्भर अर्थतन्त्र, र मौलिक हकको पूर्ण कार्यान्वयनको माग राखेको छ।
साथै, गोरखकाली रबर उद्योग सञ्चालन, बुढीगण्डकी आयोजना निर्माण, पोखरा विमानस्थल र बसपार्क सञ्चालन, र मध्यपहाडी लोकमार्गको ढिलाइ अन्त्य गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ साउन २०८२, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद