जनकपुरधाम । जनकपुरमा एक महिला मृत फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित आफ्नै घरमा चन्दन मण्डलका श्रीमती २३ वर्षीया शोभा मण्डल राति मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाका अनुसार राति साढे १२ बजेतिर घरमा झुण्डिएर मृत्यु भएको खबर प्रहरीसमक्ष पुगेको थियो । प्रहरी टोली पुग्दा ओछ्यानमा शव फेला परेको उनले बताए । उनका अनुसार घरपरिवारले झुण्डेको देखेपछि पासो काटेर ओछ्यानमा राखेको बयान प्रहरीलाई दिएका छन् ।
पोस्टमार्टम रिपोर्टपछि मात्र केही कुरा खुल्ने प्रहरीको भनाइ छ । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।
यता माइती पक्षले भने शोभा मण्डलको हत्या भएको दावी गरेको छ । माइती पक्षका अनुसार दाइजोको विषयलाई लिएर घरायसी झगडा हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ साउन २०८२, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या