प्रधानमन्त्री ओलीद्वारा विपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ बाट चार प्रतिभा पुरस्कृत

सफल खबर संवाददाता

आइतबार, ११ साउन २०८२, १५ : ३६
प्रधानमन्त्री ओलीद्वारा विपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ बाट चार प्रतिभा पुरस्कृत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ द्वारा आज चार प्रतिभाहरूलाई पुरस्कृत गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरु नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काइँला), भुवन ढुंगाना कोइरालालाई जनही रु. एक लाख राशीसहित पुरस्कृत गरेका हुन् । 

प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झण्डा बोक्दा आफ्नो निहित स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले विपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताए । ्

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाली साहित्यमा अतुलनीय योगदान गर्नुभएका जननायक विश्वेश्वरप्रसाद (विपी) कोइरालाले राजनीति र साहित्यमा दिएको योगदानलाई चिरपर्यन्त कायम राख्न नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममार्फत उक्त पुरस्कारको व्यवस्था भई २०७८ मा कार्यविधि जारी भएपछि हरेक वर्ष पुरस्कार वितरण हुँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस