काठमाडौँ। सभामुख देवराज घिमिरे आज स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गर्दैछन् । उनी आइतबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जेनेभा प्रस्थान गर्ने कार्यतालिका रहेको जनाइएको छ ।
सभामुख घिमिरेको सचिवालयका अनुसार जेनेभामा आयोजना हुने सभामुखहरूको सम्मेलनमा सहभागी हुनका लागि उनी त्यसतर्फ जान लागेका हुन् । उक्त सम्मेलनमा हुने ‘शान्ति, न्याय र समृद्धिका लागि संसदीय सहकार्य’ र ‘हाम्रो डिजिटल भविष्य निर्माणमा सांसदहरूको भूमिका’ नामक दुई सेसनमा सभामुख घिमिरे सहभागी हुनेछन् ।
सभामुखहरूको सम्मेलन प्रत्येक ५/५ वर्षमा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ साउन २०८२, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘देशको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ’ : सभामुख घिमिरे
‘नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो’: सभामुख घिमिरे
सभामुख घिमिरेले दलका नेतापछि संविधानविद्हरूसँग थाले कानुनी परामर्श
संसद् विघटनबारे सभामुख घिमिरेद्वारा दलहरूको राय माग
‘दसैँ नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्व हो’ : सभामुख घिमिरे
संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे