सुर्खेत । यहाँको वीरेन्द्रनगर नगरपालिकामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–१३ करे खोलाका करिब ४२ वर्षीय दानसिंह ठाडा मगरले आफ्नै ४० वर्षीय श्रीमती रविना ठाडा मगरको हत्या गरेका हुन् ।
प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले दिएको जानकारी अनुसार, दानसिंहले गएराति करिब १ः४० बजे सुतिरहेकी श्रीमतीको टाउकोमा काठको टुक्राले प्रहार गरेका थिए ।
खाटको खुट्टा बनाउन राखिएको काठले प्रहार गर्दा रविनाको घटनास्थलमै मृत्यु भएको थियो । स्थानीयले बिहान करिब २ः३० बजे प्रहरीलाई खबर गरेपछि अस्थायी प्रहरी बिट करेखोलाबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।
प्रहरीले श्रीमतीको हत्यामा संलग्न दानसिंहलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईको कमान्डमा १० जनाको प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दानसिंह मानसिक रोगी भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ साउन २०८२, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या