सुर्खेत । यहाँको वीरेन्द्रनगर नगरपालिकामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–१३ करे खोलाका करिब ४२ वर्षीय दानसिंह ठाडा मगरले आफ्नै ४० वर्षीय श्रीमती रविना ठाडा मगरको हत्या गरेका हुन् ।
प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले दिएको जानकारी अनुसार, दानसिंहले गएराति करिब १ः४० बजे सुतिरहेकी श्रीमतीको टाउकोमा काठको टुक्राले प्रहार गरेका थिए ।
खाटको खुट्टा बनाउन राखिएको काठले प्रहार गर्दा रविनाको घटनास्थलमै मृत्यु भएको थियो । स्थानीयले बिहान करिब २ः३० बजे प्रहरीलाई खबर गरेपछि अस्थायी प्रहरी बिट करेखोलाबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।
 प्रहरीले श्रीमतीको हत्यामा संलग्न दानसिंहलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईको कमान्डमा १० जनाको प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दानसिंह मानसिक रोगी भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ साउन २०८२, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा घरायसी विवादमा श्रीमतीले गरिन श्रीमानको हत्या
विवाद भएपछि साथीको हत्या, एक जना पक्राउ
सिन्धुलीमा श्रीमतीले गरिन् श्रीमानको हत्या
गोली प्रहारबाट सप्तरीमा पुजारीको हत्या
कैलालीमा युवकको बीभत्स हत्या
घरायसी विवाद बढेपछि श्रीमतीको हत्या