काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई पछिल्लो समय पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न निर्देशन दिएका छन्।
शनिबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा तीन घण्टा लामो छलफलमा अध्यक्ष ओलीले कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
भर्खरै सम्पन्न एमालेको नवौ केन्द्रीय किमिटी बैठकमा कर्णालीले एकताबद्ध भएको सन्देश प्रवाह गरेकोमा धन्यवाद दिंदै अध्यक्ष ओलीले संघर्षपूर्ण इतिहासमा ठूल्ठूला तुफानहरूको सामना गरेर आएको एमालेका लागि पछिल्लो पटक देखाउन खोजिएको सानो हावाको झोक्काले केहि असर नपार्ने स्पष्ट पारे ।
‘सिंगो एमाले पार्टी र हामी पार्टीका नेताहरु संघर्षपूर्ण इतिहासमा ठूला–ठूला आँधीबेहरी र तुफानको सामाना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौं’ बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो । सामान्य रुपमा समाधान हुन्छ । तपाईहरु यसमा अल्मलिनु भन्दा आ–आप्mनो जिम्मेवारीमा रहेको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस् ।’
राष्ट्रिय राजनीतिमा पार्टीले पछिल्लो समय लिएको नीति र देश विकासमा पार्टी नेतृत्वमा गठन भएको सरकारले गरेका लोकप्रीय कामहरु देखेर अत्तालिएका शक्तिहरुकै कारण पार्टी भित्र अस्थिरताको हावा चलाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको लहडमा सम्मानित व्यक्तित्व लाग्नु सिंगो एमालेका लागि दुःखत कुरा भएको बताएको बैठकमा सहभागि एमाले स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटीले जानकारी दिए ।
बैठकमा एमाले कर्णालीका नेताहरुले पार्टी अध्यक्ष ओलीसमक्ष कर्णालीको संगठन र समृद्ध कर्णाली निर्माणमा सरकारले तय गर्नुपर्ने प्राथमिकताका विविध विषयवस्तुहरु राखेको एमाले कर्णाली इन्चार्ज बोगटीले जानकारी दिए ।
उनका अनुसार नवौ केन्द्रीय कमिटि बैठक पछि एकताबद्ध रुपमा पार्टी अध्यक्ष समक्ष गहन छलफल गर्ने पहिलो प्रदेशका रुपमा रहेको कर्णालीले पार्टीलाई एकताबद्ध बनाउदैं मिशन ०८४ मार्फत देशकै पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित गर्न अध्यक्ष ओलीको नेतृत्व अपरिहार्य भएकोमा जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ साउन २०८२, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीबाट तराई-मधेसको सुख्खा क्षेत्रको अवलोकन
प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै
नेपालको निर्यातमा ऐतिहासिक वृद्धि : प्रधानमन्त्री ओली
प्रश्न सोध्ने सांसदलाई प्रधानमन्त्रीको प्रतिप्रश्न ‘विकास निर्माणको काम स्वस्थानीको कथाजस्तो हो र ?’
पुष्पलालप्रति उच्च सम्मान छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट